चाडपर्व नजिकिदै गर्दा दाङको बजारहरुको अनुगमन तीब्र



सागर थापा।

दाङमा चाडपर्व सुरु भए संगै जिल्ला प्रशासन कार्यालय दाङ र दाङ उद्योग बाणिज्य संघले सयुत रूपमा बजारहरुको अनुगमनलाई तीव्रता दिएको छ ।

चाडपर्वको समयमा हुनसक्ने कालोबजारी म्याद गएको बस्तुहरुको बिक्री र मिसावट नियन्त्रण गर्न जिल्ला प्रशासन दाङ उद्योग बाणिज्य संघले बजारको अनुगमनलाई तीव्रता दिएको छ ।

यसै क्रममा घोराहीका पसलहरुमा अनुगमन क्रममा किराना तथा खाद्य पसलहरुको अनुगमनमा म्याद गएको र सडेको बस्तुहरु प्रशासनले जफत गरेको छ ।

दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यको नेतृत्वमा गएको अनुगमन टोलिले म्याद गएको कोक फेन्टा पुर्टी बिस्कुट नमकिन अचार घियु मिठाई तरकारीले चुरोट सेन्ट रक्सी लगाएतका बस्तुहरु समान बिक्री गरेर ग्राहकलाई बिल न काटेको बिल हरु पनि जफत गरेको दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो ।

अनुगमन टोलीले पसल संचालक ब्यापारीहरुलाई मुल्य शुचि अनिवार्य तास्न र सुर्तीजन्य बस्तु बिक्रीक्ताले इजाजतपत्र अनिवार्य रूपमा लिन पर्ने खाद्य तथा अखाद्य बस्तुहरुलाई छुट्टाछुट्टै राख्न दर्ता नभएको पसलहरु अनिवार्य दर्ता गर्न र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको छ ।

ईलाका प्रशासन कार्यालयहरुले पनि गडवा भालुवाङ लमही नारायणपुर बिजोरी तुल्सीपुर लगाएतको बजारहरुको अनुगमनलाई तीव्रता पारेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जनाएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्