मुख्य समाचार

सम्मान तथा बृक्षारोपन कार्यक्रम सम्पन्न

By थाहा अनलाइन

July 17, 2017

सैघाली खबर , दाङ,२ साउन। राजेश वली,तुलसीपुर.

तुलसीपुर ९ सल्लीबनमा रहेको सरस्वती चौतारा आधारभूत बिद्यालयले आज सोमबार सम्मान तथा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ । भर्खरै निर्बाचित तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिलाई आज एक कार्यक्रमबिच सम्मान गरिएको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डागीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सहभागीले बिद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह गरेका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका का नब निर्बाचित नगर प्रमुख घनश्याम पाण्डे, तुलसीपुर ९ का वडा अध्यक्ष घनश्याम ढकाल, बेदबहादुर के।सी। तथा ८,९ का सम्पूर्ण सदस्य लाई बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समिति, शिक्षक, बिद्यार्थी, स्थानीय वासीन्दाले टीका फुलमालाले भब्य सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले चुनाव अघि गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । उनले अब हरेक जनताको समस्य बुझ्न टोल फ्री नम्बरको व्यवस्था गरिने पनि बताए । साथै आफना कमीकमजोरी लाई केलाउन उनले जनतालाइ आग्रह समेत गरेका छन ।

बिद्यालयको भौतिक तथा शैक्षिक अबस्थालाई नियाल्दै उनले भने अब म आएको छु चिन्ता नगर्नुहोस् बिद्यालयको बिकासका लागि म लागि पर्ने छु । साथै उनले तुलसीपुर उपमहानगरपालिकालाई नेपालको समृद्ध शहर बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा करिव २५ प्रजातिका १३० बढी बिरुवा बिद्यालयको प्रांगणमा बृक्षारोपन गरिएको थियो । कार्यक्रममा विद्यार्थी सन्तोषी चौधरी, बिद्यालय व्यवस्थापन समिति सदस्य गणबहादुर डागी, शिक्षक अभिभावक समितिका अध्यक्ष तिलकबहादुर डागी, शिक्षक देबबहादुर के।सी।, टंक गैरे, तुलसीपुर ९ का वडा अध्यक्ष घनश्याम ढकाल, तुलसीपुर ८ का वडा अध्यक्ष बेदबहादुर के।सी। लगायतकाले आफ्नो बिचार राखेका थिए । बिद्यालयका प्रधानाध्यापक पेशल शिं डि।सी।को स्वागत मन्तव्य बाट सुरु बएको कार्यक्रमको सहजीकरण शिक्षक राजेश वलीले गरेका थिए।