नमस्ते प्रालिको सेवा बिस्तार, कोठेरी देखि काठमाडौं डिलक्स बस



 

तुलसीपुर, १४ भदौ ।

नमस्ते यातायात दाङले प्रालिले सेवा बिस्तार गरेको छ । प्रालिले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ कोठरी देखि काठमडौंसम्म बस सेवा सञ्चालन गरेको छ । प्रालिले बुधबारबाट कोठरी–काठमाडौंसम्मका लागि एसी सहितको डिलक्स बस सेवा सञ्चालनमा ल्याएको हो ।

बस कोठरीबाट साँझ ५ बजे छुट्ने छ । सेवाको अध्यक्ष बामदेव खनाल, उपाध्यक्ष सुदन केसीलगायतको टोलीले उद्घाटन गरेका हुन् । यात्रुहरुको सहजताका लागि कोठरीबाट–काठमाडौं सेवा शुरु गरिएको अध्यक्ष खनालले बताए ।

यो भन्दा अगाडि कोठरीबाट सिधै काठमाडौंका लागि प्रयाप्त मात्रैमा बस सेवा सञ्चालन नहुँदा त्यहाँका यात्रुहरु तुलसीपुर, घोराहीलगायतका स्थानमा जानुपर्ने बाध्यता थियो । ‘

यो भन्दा अगाडि त्यहाँबाट सिधै काठमाडौं सेवा प्रभाबकारी रुपमा सञ्चालनमा थिएनन्’ उनल भने ‘जसले गर्दा यात्रुले शास्ती खेप्नुपर्ने अबस्था थियो ।’

अब त्यस्तो समस्या अन्त्यका लागि फ्रि वाईफाई, शौचालयसहितको बस सेवा शुरु गरेको अध्यक्ष खनालले बताए । सेवा बजारमा मात्रै केन्द्रित हुन नहुने भन्दै उनले सेवालाई ग्रामिण स्तरमा पनि लैजानुपर्ने बताए । उनले अन्य ग्रामिण क्षेत्रमा पनि आफ्नो सेवा पु¥याउने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्