दाङमा यस बर्ष धान उत्पादन घट्ने



दिपक बोहरा, तुलसीपुर १३४ भदौ ।

दाङमा यस बर्ष धान उत्पादन घट्ने सम्भावना रहेको छ । यस बर्ष ढिलो गरि बर्षा हुनु, हाईब्रेट जातको बिउमा समस्या देखिनु, धानमा मरुवा, गवारो किरालाग्नु जस्ता कारणले यस बर्ष धान उत्पादनमा गिरावट आउने बालि बिज्ञ पिताम्बर बस्नेतले बताए

ढिलो गरि बर्षाद हुँदा ब्याड राखेको दुई महिनासम्म पनि रोप्न नपाउँदा धानमा गाँज उत्पादन गिरावट आउने र उत्पादन घटन् उनले बताए ।‘यस बर्ष दाङमा ब्याड राखेको समयमै रोप्ने वातावरण बनेन्,’ उनले भने‘ब्याड राखेको एक÷दुई महिना पछि मात्रै रोप्दा धानमा गाँज हाल्ने संख्या घट्दै जान्छ ।’ ब्याड राखेको २० दिन भित्रै रोप्दा धानले ८०÷९० वटा गाँज राख्ने उनले बताए ।

तर त्यो भन्दा बढि हुँदै गएमा गाँज हाल्ने संख्यामा घट्दै जाने उनले बताए । ढिला गरि रोपाई भएकाले चिसो हुने समयमा पसाउने हुँदा पनि उत्पादनमा घट्ने उनको भनाई छ ।‘अहिले धान पसाउने बेला समय हो’ उनले भने‘तर भर्खर रोपाई भएको छ, कात्र्तिकमा मात्रै पसाउने भएकाले चिसोमा पसाउदा उत्पादन बढ्न सक्दैन् ।’

धानमा रोग र किराको समस्या

धानमा रोग र किराको समस्या भएकाले पनि उत्पादन घट्ने उनले बताए । केही दिन अघि मात्रै तुलसीपुरमा भएको बाली शिबिरमा धानको स्याम्पललाई हेर्दा धेरैमा धानमा मरुवा र गवारो किरा लाग्ने गरेको पाईएको उनले बताए । यो तुलसीपुरको मात्रै नभई समग्र दाङकै समस्या रहेको उनले बताए । यसले गर्दा पनि उतपादनमा ह्रास आउने उनको भनाई थियो । ‘धानमा मरुवा र गवारो किरा लाग्ने गरेको पाईएको छ’ उनले भने‘यसले धान उत्पादनमा गिरावट आउने सम्भावना छ ।’

हाईब्रेट धानको लागि उचित वातावरण नहुँनु

हाईब्रेट धानको लागि उचित वातावरण नहुँदा पनि उत्पादन घट्ने सम्भावन रहेको उनले बताए । हाईब्रेट धानको बिउ भारत र चीनबाट आउने गर्छ । भारत र चिनबाट आउने धानको बिउ सोही ठाउको वातावरण अनुसार तयार पारिएको हुन्छ । त्यही वातावरणले यहाँ म्याच ग¥यो भने राम्रो उत्पादन पनि हुन्छ, यदि त्यहाँको जस्तो वातावरणमा म्याच गरेन् भने उत्पादनमा गिरावट बालि बिज्ञ बस्नेतले बताए ।‘

यस बर्ष हाईव्रेटका लागि उपयुक्त वातावरण छैन्, ढिला गरि रोपाई भएको छ’ उनले भने‘चिसो समयमा हाईब्रेट राम्रोसंग उत्पादन नदिने भएकाले यसबर्ष धान उत्पादन घट्ने सम्भावना देखिन्छ ।’ दाङका लागि सरकारले हाईब्रेट धानलाई सिफारिश नगरेको उनले बताए ।

दाङमा स्थानीय स्तरमै उत्पादन भएको रामधान, मंसुली, सुख्खा १, सुख्खा २, सुख्खा ३, सुख्खा ४, सुख्खा ५ , सुख्खा ६ लगायतलाई सिफारिश गर्ने गरको उनले बताए ।

तर एग्रोभेटहरुले अहिले पनि बिभिन्न भ्रमहरु शिर्जन गरेर हाईब्रेट बिक्रि गर्दै आएको भन्दै यसले उत्पादनमा गिरावट आउने सम्भावन रहेको उनको भनाई थियोे । सरकारले सिफरिश गरेको बिउ प्रयोग गनुैपर्ने चेतना नहुँदा पनि यस्तो समस्या रहेको उनले बताए । देउखुरी क्षेत्रमा त्यस्तो समस्या नभए पनि अन्य क्षेत्रमा भने यो समस्या देखिएको उनले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्