काठमाडौं —बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक)( को दुईदिने शिखर सम्मेलनमा भाग लिन आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालका प्रधामनन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन हसिना बिहीवार बिहान काठमाडौं आइपुगेकी हुन् ।
काठमाडौंको सोल्टी होटलमा दुई प्रधामनन्त्रीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशबीचको आपसी सम्बन्ध र द्विपक्षीय हितको विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
शेख हसिना सम्मेलन सकेर भोलि नै स्वदेश फर्किने कार्यक्रम छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।