पोखरीमा डुबेर बालकको मृत्यु



सर्लाही – सर्लाहीको बरहथवा –९ मुर्तियामा पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ।

बुधबार साँझ घर नजिकै रहेको पोखरीमा साथीसँग नुहाउन पसेका स्थानीय  हिरालाल यादवको १० वर्षिय छोरा सौरवकुमार यादवको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

उनको शव परिक्षणको लागि  जिल्ला अस्पताल मलंगवा पठाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्