अामाकाे पहलमा बालविवाह बदर



अामाकाे  पहलमा छाेरीले गरेकाे बालविवाह बदर भएकाे छ । जाजरकोट छेडागाड नगरपालिका वडा ९की १६ वर्षीया राधिका रोकायाले १८ वर्षिय प्रेम बुढासँग भागि विवाह गरेकी थिइन् ।

आमा कल्पना रोकायाले छोरी फिर्ता गरिदिन वडा कार्यलयमा निवेदन दिएकी थिइन् । निवेदन दिए लगत्तै वडा अध्यक्ष गोपाल नेपाली ,वडा बालसंरक्षण समिति र प्रहरीको सक्रियतामा भदौ १३ गते राधिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

कानुनले दण्डनिय मानेको बालविवाह गर्ने र गराउनेलाई कानुनको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक रविन्द्रबहादुर सिंहले बताए ।nayapatrika

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्