संस्कृत विश्वविद्यालयको कर्मचारी संघ नै गैरकानूनी



सैघाली खवर
दाङ २ साउन । नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी संघ २६ वर्षदेखि गैरकानुनि रुपमा सञ्चालीत रहेको पाईएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा २०४८ साल वैशाष २ गते दर्ता रहेको सो संघले हालसम्म नविकरण नगरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । संघ गैरकानुनि भएको भन्दै उजुरि परेपछि जिल्ला प्रशासन कार्यलय दाङले छानविन गर्दा नेपाल संस्कृत विश्वविद्यालय संघ विगत २६ वर्ष देखि गैरकानुनि रुपमा संचालन भईरहेको थाहा भएको हो ।

आज जिल्ला प्रसासन कार्यलय दाङले विश्वविद्यालय लाई एक पत्र लेख्दै नेपाल संस्कृत विश्वविद्यालयमा रहेको कर्मचारी संघ विगत २०४८ सालमा स्थापना भएपछि नविकरण नै नभएर संचालन भईरहेको हुनाले उक्त सँस्थाका सम्बन्धमा कानुन बमोजिम गर्न गराउन भन्दै विश्वविद्यालयलाई अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्