विकास लाई जनता संग जोड्ने ,जनप्रतिनिधिहरुको वाचा ’



सैघाली अनलाईन खबर
दाङ २ , साउन ।   घोराही उप–महानगरपालिका वडा नम्वर १९ का नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमवार एक कार्यक्रमका विच पद ग्रहण गरेका छन । नव निर्वाचिन वडा अध्यक्ष हर्क वहादुर घर्तिको अध्यक्षता एंव घोराही उप–महानगरपालिकाकी उप–प्रमुख सीता न्यौपानेका प्रमुख आतिथ्यतामा नवनिर्वाचित जनप्रतिनिधिहरुले आ–आफ्ना पद सम्हालेका छन ।

पद ग्रहण गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुले वडा नम्वर १९ विकासका हिसावले निकै पछाडी परिरहेकाले गाँउको विकास गाँउ वाट सुरु गर्ने प्रतिवद्धता जनाएका छन । ‘ विकासका हिसावले काँन्छो वडाका रुपमा चिनिने वडा नम्वर १९ लाई अव विकसित र नमुना योग्य वडाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका थिए । पदभार ग्रहण कार्यक्रम लाई सम्वोधन गर्दै प्रम्ुख अतिथि समेत रहेकी घोराही उप–महानगरपालिकाकी उप–प्रमुख सीता न्यौपानेले भौगोलिक विकटता कारण पछि परेको वडा नम्वर १९ र आसपासको गाँउको विकासमा लागि घोराही उप–महानगरपालिका सधै सकारात्मक भुमिका निर्वाह गर्ने वताईन । सडक , विद्युत , खोनपानी लगाएतका आधार आवश्यकता वाट पछि परिरहेको वडा नम्वर १९ को सैघा गाँउलाई अव विकासको विकास उन्मुख वडाका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएकी थिईन । उनले भने ‘ सडक र शिक्षा लाई वडा नम्वर १९ पहिलो प्राथामिक्तामा राखी नागरिकहरुको विकास अनुभुती दिलाउने वाँचा गरेकी छिन ।

त्यस्तै नव निर्वाचित वडा सदस्य जंग वहादुर रोकाले विकासमा पछि पर्दै आईरहेको सैघा गाँउ आर्थिक रुपमा पनि कमजोर वन्दै गईरहेका उनले वताए । उत्पादित कृर्षिजन्य वस्तुहरु यातायातको असहजताका कारण वजार पु¥याउन नसक्दा उत्पादित वस्तुहरु घरमै कुहाउनु पर्दा किसानहरु आर्थिक संकटको मार खेपीरहनु परेको उनले वताए । उनले भने ‘प्राकृतिक सुुन्दरताले भरिएको सैघा गाँउ सहज सडक संन्जालको अभावका कारण ओझेल परेको छ । सहज सडक सन्जालको विकास हुन नसक्दा वृद्धवृद्धा देखी सुत्केरी आमाहरुले समेत जोखिम मोल्नु परेको वाध्इता सुनाउदै उनले भने ‘ अव त्यो अवस्था रहने छैन । ‘ हामी , आफ्नो गाँउ आफै वनाउन ’ भन्ने सोचका साथ गाँउको विकासमा लाग्नु पर्ने छ । उनले अव गाँउले जनप्रतिनिधि पाईसकेको छ । गाँउको विकास हामी आफैले गर्ने , त्यसमा हामी सवैको एकतावद्ध हुन जरुरी छ । उनले भने विकास जनताका लागि जनता विकासका लागि हो भन्ने सोचको विकास गरी गाँउ वनाउ अभियानमा सवैको सहकार्य अति आवश्यक रहेकाले वताउदै सवै दल , नागरिकहरु संग सहकार्य गर्दै अघि वढ्ने वताएका थिए ।

त्यस्तै पदभार ग्रहण कार्यक्रमा नेपाली काँग्रेस ईकाई सभापति ज्ञान वहादुर रायमाझीले विकासमा तेरो –मेरो भन्दा विकास हामी सवैको साझाँ हो । भने सोचको विकास गरी जाने हो । भने सैघा गाँउको भविष्य उज्ज्वल र समृद्ध वन्न सक्ने वताए । सैघा विकास पछाडी परे पनि अव सैघाको विकासका लागि दलिय एकता र साझाँ प्रयास वाट जानु पर्नेमा उनले जोड दिए ।

कार्यक्रमा एमालेका निमाकान्त प्ुरी , राष्ट्रिय जनमोर्चाका मंगल वहादुर घर्ति र एमालेका नेता लक्ष्मण आचार्य सफल कार्यकालको शुभकामना सहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकी प्रमु्ख अतिथि न्यौपानेले नवनिर्वाचित अध्यक्ष हर्क वहादुर घर्ति , सदस्यहरु जंग वहादुर रोका , टंक वहादुर रोका , जानकी पुन र बेलमति कामी लाई टिका लगाई पद ग्रहण गराएकी थिईन । वडा सचिव ईश्वरराज पाण्डेको स्वागत मन्तव्य वाट सुरु भएकोख कार्यक्रमको सहजीकरण विपना बर्ताैलाले गरेकी थिईन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्