बिप्लबद्धारा गाउँ–पालिका सदस्यको घर कब्जा



भदौ १४, रोल्पा ।बिप्लब नेतृत्व नेपाल कम्यनिष्ट पाटीले गाउँ–पालिका सदस्यको घर कब्जा गरेको छ । रोल्पा माडी गाउँपालिका १ नं. वडा सदस्य हरि प्रसाद घर्तीले भ्रष्टाचार गरेको ओरोपमा घर कब्जा गरेको जानकारी दिएको छ । गाउँ पालिकाको १८ लाख सत्तरी हजार पाँचको हिसाब नदेखाएको भन्दै कार्वाही स्वरुप र उक्त रकम असुल गर्न घर कब्जा गरेको बिप्लब नेतृत्वको नेकपा माडी गाउँपालिकाका प्रमुख सुर्य खड्काले जानकारी दिनुभयो ।

गाउँपालिकाले उक्त बिषयमा छानबिन गर्न बिजय घर्ति मगरको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बुधबार नै गठन गरिसकेको छ । यसबारेमा कुरागर्दै गाँउ–पालिका अध्यक्ष नन्द वहादुर पुन हामीले पनि कुरा सुनेका छौं, रकम निकासा भएको विषय शिर्षकमा चासोका साथ अध्ययन शुरु गरेका छौं ।

 

आरोपको विषयमा छानविन हुन्छ, नेकपाको साथीहरुले घर कब्जा गर्नु भएको भन्ने जानकारीमा आएको छ । यदी त्यस्तो भएको भए कारवाहीको भागिदार जनप्रतिनिधी पनि हुनु पर्छ । तर आरोप प्रमाणित हुनुपर्यो । गाँउपालिकाले अध्यक्षको नेतृत्वमा छानविन समिति बनेको छ , र पार्टीले पनि समिति बनाएर छानविन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्