मुक्त कमैयाहरु भन्छन ः हामी अझै कमैयाको दासताको जीवन विताई रहेका छौ



 

सैघाली अनलाईन खबर
दाङ २ , साउन । २०५७ साल साउन २ गते मालिकको दासताको जीवन वाट छुटकारा पाएका मुक्त कमैयाहरु दासताको जीवन अन्त्य संग अधिकार लागि सडक संघर्ष गर्दै आएका छन । तर उनीहरु कमैयाको दासता वाट मुक्ती भएको १७ वर्ष वितिसक्यो । अझै अधिकार विमुख जीवन विताई रहेका छन । १७ –१७ वर्ष वितिसक्दा समेत आफुहरु लाई राज्यले अधिकार दिलाउन नसक्दा अझै आफुहरु मुक्तीको पर्खाईमा रहेको उनीहरुको गुनासो छ । मुक्त कमैयाहरु भन्छन ‘मालिकको दासता वाट मात्रै मुक्ती भएर के भयो । जव राज्यले मुक्ती दिलाउन सक्दैन भने ..

 

लमही नगरपालिका वडा नम्वर ७ घुम्नाका मनवुझौना चौधरी भन्छन ‘ दासता वाट मात्रै मुक्ती भएर के काम जव राज्यले नै मुक्त कमैयाको पहिचान दिन सक्दैन भने । छुट कमैयाहरको लगत अझै संकलन गर्न सकेको छैन । हामी अझै पहिचान विहिन कमैयाको रुपमा वाँचिरहेका छौ । चौधरीले आफ्नो भोगाईहरु सुनाउदै भने ‘भर्खर ११ वर्ष मात्रै पुगेको थिए । म.. मालिकको घर जाँदा ’ विहेवारी पनि उतै गरे , श्रीमती पनि आँफै संग मालिकको घरमै राखे । दुवै जनाले मालिककै घरखेतमा आधाँ जीवन रित्याई २०६० असोज १३ गते मुक्तीको आन्दोलन संगै २ भाई छोरा वोकी मालिकको दासता वाट विदा लियौ । मनमा औधी खुसी छायो । अझै त्यसमा पनि राज्यले घरवाँसको व्यावस्था गरिदिन्छ रे भनेर । तर अहिले १७ वर्ष वित्यो । न राज्यले हामी लाई कुनै व्यावस्था गरेको छ । न कमैयाको परिचय पत्र नै दिलाएको छ । मालिकको दासता वाट मुक्त भएर के गर्ने , जव राज्यले हामीलाई मुक्त दिन सकेको छैन भने । गुनासो गरे । मालिकको दासता वाट मुक्ती पाएको १४ वर्ष वित्यो । तर अझै मुक्ती सास फेर्न सकेका छैनौ । राज्यले हामीलाई मुक्त गरेको अहिले १७ वर्ष पुग्यो । तर अझै मुक्तीको न्याय दिलाउन सकेको छैन । उनले भने कानुनमा प्रष्ट छ कि मुक्त कमैयाहरु लाई राज्यले घरवाँसको व्यावस्था , छोरा छोरी लाई उचित शिक्षा दिक्षा दिलाउने छ भनेर । तर वर्षै वितिसक्यो । तर राज्यले आफुहरु लाई कमैया परिचय पत्र समेत दिने सकेको छैन । उनले भने दुखेसो पौख्दै भने –‘मालिकको घर वाट मुक्त पाएर मात्रै के भयो र? जव राज्यले अझै मुक्ती दिलाउन सकेको छैन भने ।
राज्यले दिने राहात परै जाओस , आफुलाई कमैयाको परिचय पत्र समेत नदिदा आफूले राज्य वाट न्यायको महसुस गर्न पाएका छैनौ । ‘राज्यले छुट लगतमा परेको मुक्त कमैयाहरु लाई लगत संकलन गरी घरवासको व्यावस्था गर्ने , शिक्षा, स्वास्थ्य र रोजगारको व्यावस्थ गर्ने भनेका थियो । तर त्यो १७ वर्ष वितिसक्दा समेत अझै गर्न सकेको छैन । उनले दुखेसो गर्दै भने ‘ सरकार मालिको दासता वाट मुक्त भयौ । ’ तर अव हामीले मुक्ती सास कहिले फेर्छाै । मुक्ती संगै राप्तीको बगरमा ओतलाग्ने छाप्रो वनाई वस्यौ । अझै त्यही बगरमा जीवन विताई रहेको छौ । उनले भने ‘कमैयाका लागि राज्य दिने राहात भन्दा आहात वढि छ । दिन्छु –दिन्छु मात्रै भन्छ । तर दिने कहिले हो ? दिने चाँही के हो ? अहिले सम्म कमैयोका परिचय पत्र दिन सकेको छैन । अरु के नै देला र ? अव …


त्यस्तै घोराही उप–महानगरपालिका वडा नम्वर १६ की साबी चौधरीले पनि भन्छिन ‘ मालिको दासता वाट मुक्त पायौ । तर अझै राज्यले हामीलाई मुक्त दिन सकेका छैन । मालिकको दासता वाट मुक्ती भयो । तर मुक्त मात्रै भएर के गर्ने जव वस्ने वाँस र खान गाँसको केही टुङगै छैन । उनले भनिन ‘ सवैथोक मजदुरीले चलेको छ । ’ एकदिन काम नगरे मुखमा माम जादैन । तर राज्यले अझै कमैयाको पहिचान
लगत छुटमा परेको छुट कमैयाहरुको लगत संकलन गरी उचित क्षतिपुर्ति र गाँसवाँसको उचित व्यावस्था गर्नु पर्छ । हातखुट्टा चल्दा समेत मालिकको घरखेतको स्याहार सम्भारमा दिन वित्यो , अहिले हात खुट्टा पनि चल्न छोडेयो । न राज्यले हेरेको छ । न अरुको कोही हाम लागि उठी वसेका छन । उनले भनिन कमसेकम राज्यले हामीलाई मुक्त कमैयाको परिचय पत्र दिलाई दिए हामीले राज्य वाट मुक्तीको न्यायको महसुस गर्न सक्थ्यो । तर त्यो पनि राज्यले दिने सकेका छैन । छुट लगत समेत संकलन गर्न सकेको छैन । उनले भनिन ‘हिजो मालिकको दासताको जीवन विताउदै आएको थियौ । अहिले राज्यको दासता भोगी रहेका छौ । तर राज्यले हाम्रा कुरा के सुन्छ र ? जे भए पनि हामी कमैया नै हौ ?

दाङमा ६ हजार , ४ सय ७२ जना मुक्त कमैया रहे पनि १ हजार ४ सय २६ जनाले मात्रै मुक्त कमैया परिचय पत्र प्राप्त गरेका छन । वाँकीले ५ हजार ४६ जनाले कमैया परिचय पत्र पाउन सकेका छैन । भने त्यस मध्ये ७ सय ५ जनाले लालपुर्जा प्राप्त गरेका छन । भने १७ जनाले लालपुर्जा प्राप्त गरे पनि जग्गा पाउन सकेका छैनन । भने ५ सय ४६ जनाले कमैया परिचय पत्र समेत पाएका छैनन ।
यसैविच सोमवार घोराहीमा ‘सम्पुर्ण मुक्त कमैयाहरु एकतावद्ध ्भई अघि वढौ ’ भन्ने मुलनाराका साथ १८ औ मूक्त कमैया दिवस मनाएको छ । मुक्त कमैया समाज र कमैया मुक्त महिला जागरण समाज दाङको आयोजना एंव जनउत्थान समाज विकास केन्द्र दाङको सहयोगमा दिवस मनाएको हो । मूक्त कमैया समाजका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता एंव समाजका केन्द्रिय सदस्य सुन्तली चौधरीको प्रमुख आतिथ्यतामा दिवस मनाएको हो । दिवसमा अवसरमा घोराहीमा ¥याली समेत गरिएको थियो । ट्राफिक चोक वाट सुरु भएको ¥याली वजार परिक्रममा गर्दै कर्मचारी मलिन केन्द्मा पुगि कोणसभामा परिणत भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्