काठमाडौं, १४ भदौ । काठमाडौंमा जारी चौथो बिम्स्टेक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सदस्य राष्ट्रहरू मिलेर आतंकवादसँग लड्नुपर्ने प्रस्ताव गरेका छन् ।शान्ति र सुरक्षाको सबालमा पनि बिम्स्टेक सदस्य राष्ट्र अघि बढेको बताउँदै उनले आर्थिक, सामाजिक र व्यक्तिव्यक्तिबीचको सामरिकतामा सहकार्य गर्न भारत तयार रहेको बताउँदै आन्तरिक सुरक्षाका लागि मात्र नभई आतंकवादविरुद्ध पनि बिम्स्टेक अघि बढ्नुपर्ने मोदीको प्रस्ताव थियो ।
बिम्स्टेक सदस्य राष्ट्रका महिला सांसदहरूको एउटा बेग्लै समन्वयकारी समितिको प्रस्ताव गरेका उनले युवाका लागि बिम्स्टेक युवा सम्मेलनको पनि आह्वान गरेका छन् ।दैवी प्रकोप र उद्दारका निम्ति सदस्य राष्ट्रका सेनाहरूको संयुक्त अभ्यास आगामी महिना भारतमा हुन लागेको भन्दै त्यसमा स्वागत गरेका मोदीले भारतको मोवाइल सम्मेलनमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखलाई निम्तो समेत गरेका छन् ।
हिमालदेखि समुद्रसम्मको सम्बन्ध र सम्पर्कमा बाँधिएका राष्ट्रहरूले ‘कनेक्टीभिटीलाई प्राथमिकतामा राखेकोमा हर्षित भएको बताएका उनले २०२० मा हुने बौद्ध सम्मेलनमा सबै सदस्य राष्ट्र प्रमुखलाई भारतमा निम्तो दिँदै बौद्ध धर्मको उत्थानमा सहकार्यका लागि पनि आह्वान गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।