काठमाडौंमा अव जाम घट्ने



काठमाडौं, १४ भदौ । बन्द गरिएको कलंकी चोकको अण्डरपास बुधवारदेखि पुनः संचालनमा आएको छ । संचालनमा आएको पाँच दिनमै प्राविधिक काम गर्ने भन्दै सो अण्डरपास बन्द भएको थियो । चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले बुधवारबाट दुईलेन अण्डरपास संचालनमा ल्याएको जानकारी दिनुभयो ।

 

 

अब अण्डरपास सञ्चालनमा आएसंगै चक्रपथमा हुने जाम हट्ने अपेक्षा लिइएको छ । आयोजनाले अण्डरपास संञ्चालन ल्याएपछि अत्यन्त धुलो उडेको र त्यसलाई सफा गर्न तथा अरु प्राविधिक कामहरु गर्नका लागि बन्द गरेको हो । अब अण्डरपासको पेमभेन्टमा कालोपत्रे गर्ने, रङरोगन गर्ने, लेन छुट्याउने लगायतका काम बाँकी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्