शिक्षा

विद्यालयलाई कम्प्युटर

By थाहा अनलाइन

August 31, 2018

लहान, १५ भदौ । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका बनिनियाँ, बेल्हा, थल्हा, राजपुर, बंठिया र कोरनियाहीस्थित विद्यालयलाई २÷२ थान कम्प्युटर आज वितरण गर्नुभएको छ ।

मधेशको शिक्षामा सुधार र आधुनिक युगमा सूचना प्रविधिमा सबैको पहुँचका निमित्त आफू निर्वाचित भएको क्षेत्रमा संसदीय विकास कोषको रकमबाट सामुदायिक विद्यालयलाई राज्यमन्त्री मण्डलले कम्प्युटर वितरण गर्नुभएको हो । सो अवसरमा मन्त्री मण्डलले विद्यालयमा वृक्षरोपण समेत गर्नुभएको थियो ।

सिरहाको कल्याणपुर, डरौल, भेरीया र वर्छवास्थित विद्यालयमा पनि कम्प्युटर वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । –––