अभिमत

“व्यवस्थापन संकाय मल्टिडिसिप्लेनरी बिषय हो , कमर्स पढ्नेहरु जीवनमा फेल हुँदैनन् ”— खडानन्द खनाल

By थाहा अनलाइन

August 31, 2018

बिष्णुकुमार देवकोटा दाङ भदौ १५

व्यवस्थापन संकाय अहिलेको आकर्षणको बिषय बनेको लेक्चर खडानन्द खनालले बताउनुभएको छ । राप्तिकै जेठो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा मार्क कलेज घोराहीका आँशिक शिक्षक खनालले यस्तो दावी गर्नुभएको हो । आज खनालले सैघाली खबर डटकम तथा सैघाली अनलाइन टिभीसंगको शैक्षिक बहस कार्यक्रममा यस्तो दावी गर्नुभएको हो । “व्यवस्थापन संकाय मल्टिडिसिप्लेनरी बिषय हो , कमर्स पढ्नेहरु जीवनमा फेल हुँदैनन् ”— खडानन्द खनालले भन्नु भयो ।

व्यवस्थापन संकाय भित्रपनि धेरै बिषयहरु हुने भएकाले व्यवस्थापन बिषय सबैलाई आवस्यक पर्ने बताउनुभयो । “प्लस टू सकेपिछको गन्तव्य व्यक्तिगत लगानीमा व्यापार व्यवसाय गर्ने सोंच बनाएका हरु वा बैंक तथा वित्तिय संस्थाहरुमा जागीर खाने सोंच बनाएकाहरुको लागि सहि गन्तव्य हो” खनालले भन्नु भयो । सैघाली खबर संग कुराकानी गर्दे खनालले बिधर्थीहरुको रुचि अनुसार अभिभावकहरुले निर्णय समेत लिनुपर्ने बताउनुभयो । यसैगरी मार्क कलेज घोराहीका कोअर्डिनेटर तथा एकाउन्टेन्ट नौला बहादुर खड्का ले मार्क कलेज ले व्यवस्थापन संकायको गुणस्तरीय पढाईहने तथा सहजै बिद्यार्थीले प्रवेश पाउने बताउनुभयो ।