संघीयता खारेज गर – राष्ट्रिय जनमोर्चा



समिक्षा गाहा, घोराही १५ भदौ

‘संघीता खारेज गर, चर्को कर बृद्धि र्फिता गर’ भन्ने नारा सहित राष्ट्रिय जनमोर्चा दाङले  विरोध सभामा गरेको छ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोमकुमार कार्कीले सरकारले जनताको अपेक्षा विपरित विभिन्न कार्यहरु अगाडि वढाएको आरोप लगाएका छन । पुँजीपति वर्गलाई संरक्षण गर्दै र गरिव किसानहरुको ढाड सेक्ने गरी करको मुल्य वढाएको बताए । मजदुरी गरी खानेहरुको लागी जीवन निर्वाह गर्न समस्या हुदै गएको उनको भनाई छ ।

 

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको विरोध सभा कार्यक्रममा अन्य वक्ताहरुले गणतन्त्र आइसकेपछि जनताको बीचमा जुन आशा र अपेक्षा थियो, अहिले त्यसले निरासाको रुप लिदै गएको बताएका छन । संघीयताको नाममा जनताको ढाढ सेक्ने गरी कर बृद्धि गरेको वताउँदै यही अवस्था रहे जनताले नै संघियतालाई फाल्ने दावी गरे । अझ त्यसमा पनि अझ बढी गरिब, निमुखा र किसान बढी मारमा परेको बताएका छन ।

‘संघियता खारेज गर’, ‘चर्काे बृद्धी दर कम गर’, ‘भ्रष्टचारीलाई कारबाही गर’, ‘बलात्कारीलाई कारबाही गर’, ‘संघियता चाहिदैन देश टुक्राउन पाइदैन’ भन्दै पार्टि कार्यालयवाट शुरु भएको विरोध ¥यालि सहित वजार परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोण सभामा परीणत भएको थियो ।

कार्यक्रममा अखिल नेपाल युवा संघ जिल्ला अध्यक्ष चित्र एमसी, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर जी.एम., जनमोर्चाका केन्द्रिय सदस्य कमला जिसी, अखिल नेपाल वुद्धिजिवी महासंघका पुर्व केन्दि«य उपाध्यक्ष शसिधर भण्डारी, मसालका प्रवक्ता भरत भण्डारी लगाएतले भनाई राखेका थिए ।

राष्ट्रिय जनमोर्चाका सचिव वसन्त पौडेलको स्वागत मन्तव्यवाट शुरु भएको विरोध सभाको सहजिकरण केन्दि«य सदस्य शुक्रराज भण्डारीले गरेका थिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्