प्रदेश ३

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा–अपरेसन पनि रोक्ने

By थाहा अनलाइन

August 31, 2018

 

काठमाडौं  १५ भदौ, । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ ।सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

साथै १८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने चिकित्सक संघले बताएको छ ।भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र २२ गतेदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने भएको छ ।