‘तुलाधर कम्युनिष्ट क्रान्तिका प्रतीक’–प्रचण्ड



काठमाडौँ, १५ भदौ  । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता पद्मरत्न तुलाधार समस्त कम्युनिष्ट क्रान्तिको प्रतीक भएको बताउनुभएको छ । आदिवासी जनजाति आन्दोलनका अगुवा एवं मानव अधिकारवादी आन्दोलनका वरिष्ठ ‘अभियन्ता पद्मरत्न तुलाधरको भीमरथारोहणको उपलक्षमा आयोजित शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरको भूमिका’ विषयक गोष्ठीमा उहाँले तत्कालिन नेकपा(माओवादी)लाई शान्ति प्रक्रिया ल्याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

जनयुद्ध शुरु गरेको दुई वर्षभित्र नै आफ्नो ज्यानलाई हत्केलामा राखी आफूले लुकिछिपी पद्मरत्न तुलाधरको घरमा प्रवेश गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले १२ बुँदे सम्झौताको वातावरण तयार पार्न तुलाधर, दमननाथ ढुङ्गानाजस्ता सहजकर्ताको निर्णायक भूमिका रहेको उल्लेख गर्नुभयो ।

 

तुलाधरले भने जस्तै आन्दोलन अझै पूरा नभएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले थुप्रै असन्तुष्टिका बीच माओवादीले संविधान स्वीकार गरेको र संविधान जारी गर्दा आफूले थुप्रै ‘नोट अफ डिसेन्ट’ लेखेको बताउनुभयो । नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले वामपन्थी नेता पद्मरत्न तुलाधरको नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको बताउँदै आफ्नो स्वार्थका लागि कहिल्यै नलाग्ने तुलाधर भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्