उद्योग बणिज्य संघको अध्यक्षमा भुषालको दाबी 



 

सैघाली खबर

दाङ,साउन ३ । दाङ उद्योग बाणिज्य संघ दाङका उपाध्यक्ष नारायण भुषालले दाङ उद्योग बाणिज्य संघको अध्यक्षमा आफु  दावी गर्ने वताउनु भएको छ । साउन २७  गते हुने संघको १३ साधारण सभा तथा अबिधेशनमा आफु पनि अध्यक्षका लागि प्रत्यासी उम्मेदवारको रुपमा रहेको वताउनु भयो ।  उद्योग बाणीज्य संघका हरेक गतिविधीलाई  अगाडी बढाउँदै आएको भन्दै त्यसका लागि आफुले उमेदवारी दिन थालेको वताउनुभयो ।

उद्योग बाणिज्य संघ सबैको साझा संस्था हो त्यसमा काम गर्नै सबैले राजनिति गर्नु हुदैन भन्ने मान्यता मेरो हो उहाँले भन्नुभयो । सकभर अबको नेत्रित्व सर्ब सम्र्मत रुपमा चयन गर्नुपर्छ  । रहेक व्यापारीका समस्या संग आफु नजिक भएको वताउदै त्यसका लागि आफुलाई  सहयोग गर्न आग्रह गर्नुभयो । दाङको विकासका लागि आफुले वृहत योजना समेत बनाएको वताउँदै जिल्लाको विकास गर्न आफुले उद्योग वाणीज्य संघको अध्यक्षमा दावीगरेको उल्लेख गर्नुभयो । अबिधेशनका लागी सम्पुर्ण तयारी पुरा भएको वताउँदै तत्काल अन्य विषयमा छलफल गर्नृ बैठक बस्ने तयारी रहेको उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्