माओवादी केन्द्र चुनावी समिक्षा जारी।



सैघाली खबर,
काठमाण्डौ ३ साउन।

नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावको समिक्षा जारी राखेको छ । हिजोदेखि सुरु भएको पार्टीको विस्तारित सचिवालय बैठकमा स्थानीय तहको चुनावमा पराजय भोग्नु पर्नाको कारणका विषयमा छलफल सुरु भएको छ । बैठकमा हिजो सातवटा प्रदेशका इन्चार्जहरुले चुनावबारे बैठकलाई ब्रिफिङ गरेका थिए ।

उनीहरुले पार्टीको चुनावी नीति नै कमजोर भएको निष्कर्ष सुनाए । संगठन सुदृढ नभएको, प्रचार प्रसार पनि कमजोर भएको, उम्मेद्वार चयनमा समस्यालगायतका कारणले हारेको उनीहरुको भनाई थियो ।

आज जिल्ला इन्चार्जहरुले पनि चुनावको पराजय वा जितका ठाउँको अनुभवसहित जानकारी गराउने माओवादी केन्द्रले जनाएको छ । आज बैठकमा जिल्ला इन्चार्जहरुले मंगलबारदेखि ब्रिफिङ गर्ने र त्यसपछि छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

हिजो अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको गुटबन्दी झांगिदा र संगठन व्यवस्थित नहुँदा स्थानीय तहको निर्वाचनमा पार्टीले पराजय बेहोर्नु परेको निष्कर्ष निकाल्नु भएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्