आज राप्रपा बैठक बस्दै ।।



सैघाली खबर,
काठमाण्डौ ३ साउन।

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी भित्र सरकारको सहभागिता जनाउने वा नजनाउने भन्नेमा देखिएको विवाद मिलाउन बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल हुनेछ । अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राप्रपामा विवाद देखिएको छ ।

वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आजको बैठकमा पनि नजाने बताउनुभएको छ । बैठक दिउँसो बस्ने राप्रपाले जनाएको छ । राप्रपाले एकता महाधिवेशन सम्पन्न भएको चार महिनापछि निर्देशक समिति भने गठन गर्ने भएको छ । पार्टीभित्र केन्द्रीय नेतृत्वलाई नियमन तथा सुझाव दिने उद्देश्यले तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरणका समयमा सो समिति गठन गर्नका लागि विधानमा व्यवस्था गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्