आजको राशिफल : वि.सं.२०७५ साल भाद्र १८ गते



वि.सं.२०७५ साल भाद्र १८ गते । सोमबार । ईश्वी सन् २०१८ सेप्टेम्बर ०३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । भाद्र कृष्ण पक्ष । तिथि अष्टमी,२४ घडी २९ पला,दिउँसो ०३ बजेर ३१ मिनेट उप्रान्त नवमी । नक्षत्र रोहिणी,२९ घडी ४१ पला,बेलुकी ०५ बजेर ३६ मिनेट उप्रान्त मृगशिरा । योग हर्षण १८ घडि ०८ पला,दिउँसो १२ बजेर ५९ मिनेट उप्रान्त बज्र । करण कौलव,दिउँसो १५ बजेर ३१ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर ३४ मिनेट उप्रान्त गर । आनन्दादीमा प्रवद्र्ध योग । चन्द्रराशि बृष । श्रीकृष्ण रथयात्रा,विराटनगरमा राधाकृष्ण रथयात्रा, पाल्पामा तानसेन भगवती यात्रा, नारायणी यात्रा। हिलेजात्रा। डोटीको सिलगढीमा मष्ट जाँत। गोरखकाली पूजा। गौरा पर्व। काठमाडौंमा सूर्योदय ५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर २१ मिनेट । दिनमान ३१ घडी ३३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ । अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । शुभ अंक — १,४ शुभ दिशा — पश्चिम
शुभ रंग — कफि कार्य सद्धि मन्त्र — ॐ लम्बोदराय नम

 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् । शुभ अंक — २,३ शुभ दिशा — उत्तर
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउनेभएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला ।शुभ अंक — ३,९ शुभ दिशा — पुर्व शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ । शुभ अंक —१,४ शुभ दिशा — उत्तर
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।शुभ अंक — २,६ शुभ दिशा — पुर्व शुभ रंग — गुलावी कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) परिवर्तनलाई आत्मसाथ गर्दै अगाडि बढ्न सक्दा मनग्गे आम्दानि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले समस्याहरु समाधान गर्दै अगाडि बढ्न सकिनेछ । सरकारि क्षेत्रमा तपाईको राम्रो उपश्थिती रहनेछ भने समयमा काम बन्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा अग्रज सँगको भेटघाटले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । समयले साथ दिने हुदा पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेममा नजिक भई समय बिताउन सकिनेछ । शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ । आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ । शुभ अंक — ३,७ शुभ दिशा —पुर्व
शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हँुनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने हुनाले खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा ख्याल गर्नुहोला बाटामा बिभिन्न समस्याहरु आईलाग्नेछन् । शुभ अंक — ४,५ शुभ दिशा — दक्षिण शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।
शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।
शुभ अंक — १,४ शुभ दिशा — दक्षिण शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ । आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला । शुभ अंक — २,७ शुभ दिशा — पश्चिम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ । शुभ अंक —३,६ शुभ दिशा — उत्तर शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्