आर्थिक अभाव झेल्दै बालवैज्ञानीक



समीक्षा गाहा ,
दाङ । आकाशमा उडिरहेको हेलीकप्टरलाई देखेर ११ वर्षका दिपेन्द्र नेपालीको मनमा यो कशरी उड्छ होला ? कशरी बनेको होला भनेर उत्सुकता जाग्यो । घोराही आएको वेला टाढैवाट उनले हेलिकप्टर पनि देख्न पाए । अनि उनले विभिन्न उपकरण जोडेर हेलिकप्टर निर्माण गरे ।
त्यसलाइ बनाउनका लागि उनले टिनको पाता, गत्ताको कभर, रबर, बोतलको बिर्को, काठको प्रयोग गरेको बताए । हेलिकप्टर निर्माणका क्रममा घर, बिद्यालय, साथिहरुको सहयोग, हौसला र साथले उत्प्रेरण जागेको पनि उनले बताए । सो हेलिकप्टर उड्न नसके पनि गुडन सक्ने भएकाले हेर्नेहरुवाट वाहवाहि पाएको उनको भनाई ।आगमी योजना सुनाउँदै उनले भने, ‘रेडियो निर्माण गर्ने ठुलो रहर छ तर यसको निर्माणका लागि आबश्यक सामाग्री बाहिरबाट ल्याउनु पर्छ मसँग पैसा छैन ।’ आर्थिक अभावकै कारण आफूले रेडियो लगाएत धेरै समानहरु निर्माण गर्न नसकेकोमा भने उनलाई दुखेसो छ ।
घोराही उप–महानगरपालिका १२ हापुरका बर्षीय दिपेन्द्र नेपाली अहिले १७ वर्ष पुगेका छन् । हाल हापुर विजौरीमा कक्षा १० मा अध्ययरत नेपालीले हेलिकप्टर, कार, फ्यान, प्रोजेक्टर, वाटर पम्प, जेनेरेटर, मौसम मापन यन्त्र, रोर्बट आदि यन्त्रको आबिष्कार गरेका छन् ।
सबै भन्दा पहिले आफ्नो बिद्यालयमा प्रस्तुति देखाएर आफ्नो सृजन यात्रा सुरु गरेका उनले त्यस पछि सो्रत केन्द्र, हुँदै देशका विभिन्न स्थानमा आफ्ना सृजना देखाईसकेका छन् ।

‘२०७३ सालमा शिक्षक बब्लु शर्माले मलाई लिएर जिल्ला स्तरीय बिज्ञान प्रर्दशनीमा भाग लिन लग्नु भयो, उनले पहिलो पुरस्कार पाउँदाको अनुभव खुसी हुँदै भने, ‘म त्यहाँ प्रथम भए त्यस लगतै क्षेत्रीय बिज्ञान प्रर्दशनमा सहभागी भए र म त्यहाँ म दोस्रो भएँ ।’
आफू दोश्रो भएकोमा थकथकी मानेका उनले भने, ‘मेरो सृजना धेरै राम्रो थियो तर मसँग आबश्यक पूर्ण साम्रगी नभएकोले दोश्रो हुन पुगेँ ।’
आर्थिक रुपमा कमजोर स्थिति भएकाले अझ धेरै प्रकारका यन्त्रको आबिष्कार गर्ने रहर अधुरै रहेको उनको भनाई छ । ‘विज्ञान र प्रविधिको क्षेत्रमा धेरै काम गर्ने धोको छ तर आर्थिक अभावले अगाडि बढ्न रोकेको छ, उनले दुखित हुँदै भने, ‘घरमा भएका र खाजा खर्च कटाएर बचेको पैसाले केहि गरिरहेको छु तर थप अगाडि बढन सकेको छैन् । सानैदेखि जिज्ञासु उनले मम्मीसगं मिलमा गाको वेला मिल घुमेको र धान चाल्ने पट्टा घुमेको देखेर रोर्वट बनाए । घरमा आएर त्यसमा मोटर, ब्याट्री, गत्ता तार मात्रैबाट रोर्बट यन्त्र आबिष्कार भयो तर त्यो एकतर्फी मात्र हिड्थ्यो किनकी त्यसमा घुमाउनका लागि आबश्यक साम्रगी थिएन,–उनले बताए । विद्यालयले पनि सामग्री किन्नको लागि समय समयमा सहयोग गरिरहेको पनि उनको भनाई छ ।
दुर्गम गाउँको आर्थिक अभावले पिल्सिएको दलितको छोरो केहि गर्ने सोच भए पनि आर्थिक अभावले पछिाडि परेको उनको देखेसो छ । सैघाली खवरको कार्यालयमा लामो कुराकानि पछि कुराको विट मार्दै उनले भने, ‘यो जमाना विज्ञान र प्रविधिको युग हो यो क्षेत्रमा केहि गर्ने इच्छा छ तर पैसा छैन् यो समाचार छापिएपछि केहि आर्थिक सहयोग पनि मिल्ला हजुर ?’ हामीसँग पनि त्यहि प्रश्न थियो तर उत्तर थिएन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्