समाज रेडपाण्डाको संरक्षणमा स्थानीय सरकार



कालिकोट : महावै र शुभकालिका गाउँपालिकाका दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षणमा जुटेका छन्। सामुदायिक वन घोषणा हुँदा पनि दिन प्रतिदिन वन विनाश तथा चोरी सिकार बढ्दै गएपछि यहाँ पाइने रेडपाण्डा जोखिममा परेकाले जनप्रतिनधिहरू संरक्षण अभियानमा सक्रिय भएका हुन्।

स्थानीय सरकार सञ्चालनको पहिलो आधार जैविक विविधता अर्थात् प्राकृतिक सम्पदा जल, जमिन, जडीबुटी भएकाले रेडपाण्डा संरक्षणमा जनप्रतिनिधिहरूको काँधमा आएको महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले बताए। ‘

रेडपाण्डाको संरक्षणमा स्थानीय सरकारका अवसर र चुनौती दुवै छन्,’ उनले भने, ‘यसको संरक्षणका लागि सबैले पहल आवश्यक रहेको छ।’

बढ्दो जनसंख्या र वनजंगल फँडानीले रेडपाण्डा लोप हुँदै गएकाले जंगलमा रहेका सबै जनवारहरुको संरक्षण आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए शुभकालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीका अनुसार प्राकृतिक स्रोत र साधनलाई उपयोग गर्न जिल्लामा भएका दुर्लभ वन्यजन्तु र पशुपंछीको संरक्षणमा जनप्रतिनिधिहरु  अग्रसर भएका हुन्।

रेडपाण्डाको संरक्षणका लागि गैरसरकारी संस्था हुरन्डेकले सहयोग गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्