मन्त्रिपरिषदले गर्‍यो महत्वपूर्ण ६ निर्णय



हेटौंडा, १८ भदौ । ३ नम्बर प्रदेश सरकारले महत्वपूर्ण ६ वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो ।

यसैगरी सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयहरुको स्थापना गर्न स्वीकृत गर्ने, प्रदेश खेलकुदको विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने निर्णय गरेको ३ नम्बर प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

बैठकले सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने, युवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारण पत्रको सैद्धान्तिक स्वीकृत गर्ने र प्रादेशिक शिक्षा परिषद्को स्थापना गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री ढुंगेलले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्