रोटरी कल्बद्धारा ६ सय जुकाको औषधी वितरण



शरद रेग्मी
दाङ १८ भदौ ।  रोटरी क्लब अफ तुलसीपुर सिटिले सोमबार एक कार्यक्रमका बिच ६ सय जनालाई निशुल्क जुकाको औषधी वितरण गरेको छ ।तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको  बालकल्याण प्राथमिक बिधालयका बिधार्थि र अभिभावकलाई पुग्ने गरि जुकाको  औषधि बितरण गरेको हो ।

समाजिक सेवामा महत्त्वपूर्ण भुमिका खेल्दै आएको रोटिरि क्लब अफ तुलसिपुर सिटिले अधिकास दलित,जनजाति तथा निम्नआय श्रोत भएका बिधार्थिहरु अध्ययन गर्ने बिधालयको पहिचान गरी जुकाको औषधि र प्राथमिकउपचारका लागि आबश्यक पर्ने सामाग्री बितरण गरेको हो । रोटरि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठकोर्यक्रममा निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव बिनिल केसीले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्