तुलसीपुर नगर विकासको अध्यक्षमा यज्ञबहादुर केसी



शरद रेग्मी

दाङ,साउन ३ । तुलसीपुर नगर विकास समितिको अध्यक्षमा युवा ब्यवसायी यज्ञबहादुर केसी नियुक्त भएका छन् । २ वर्षे कार्यकालका लागि आजै नेपाल सरकार शहरी विकास मन्त्री प्रभु साहले मन्त्रीस्तरीय निर्णयबाट केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

तुलसीपुर उद्योग बाणिज्य संघका वरिष्ठ सदस्य, रेडियो सञ्जीवनी सञ्चालक समितिका कोषाध्यक्ष तथा बिभिन्न संघसंस्थामा क्रियाशील केसी नेकपा माओवादी केन्द्रको कोटाबाट अध्यक्षमा नियुक्त भएका हुन् । केसीले तुलसीपुर उद्योग बाणिज्य संघको सभाहल निर्माणका लागि झण्डै सवा करोड बराबरको जग्गा प्रदान गरेका थिए ।

यसैबीच रेडियो सञ्जीवनी सञ्चालक समितिका अध्यक्ष अनुपकुमार श्रेष्ठ र महासचिव विनिल केसीले एक विज्ञप्ति जारी गरी रेडियोका कोषाध्यक्ष केसी नगर विकास समितिको अध्यक्ष पदमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्