मदिराजन्य पदार्थ विक्री वितरण रोक्न आदेश



सर्वोच्च अदालतले गैरकानूनी रूपमा मदिराजन्य पदार्थको विक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार गैरकानूनी रूपमा मदिराजन्य पदार्थको उत्पादन तथा विक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो।

मदिरा ऐनअनुसार निश्चित समय, उमेर समूह, स्थान र विक्री स्थलसमेत तोक्ने भनिएअनुसार ऐनको प्रभावकारी कार्यान्वयन गर्न आदेशमा भनिएको छ। आदेशमा महिला हिंसाको मुख्य कारकका रूपमा मदिरा रहेको र मदिराको विज्ञापनमा समेत महिलाको प्रयोग हुने कार्य रोक्न भनिएको छ।

जुरी नेपालका तर्फबाट अधिवक्ता विष्णुप्रसाद पोखरेलले दायर गरेका रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले सो आदेश जारी गरेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्