अज्ञात समूहको गोली प्रहारबाट एक गम्भीर घाइते



काठमाडौँ, १९ भदौ । धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा घाइते भएका हुन् ।

उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शर्माको पेटमा गोली लागेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा लेखापढी व्यवसाय गर्दै आएका उनलाई सोमबार राति ९ बजे गोली प्रहार भएको हो । जनकपुरबाट मोटरसाइकलमा घर जाँदै गर्दा लक्ष्मीनियाँ बजारनजिकै उनलाई गोली हानिएको थियो ।

मोटरसाइकलमा आएका दुई जनाको समूहले उनलाई गोली हानेको थियो । शर्मालाई प्रहार गरिएको गोली शरिरबाट पार गर्दै मोटरसाइकलको ट्यांकीमा ठोकिएको प्रहरीले जनाएको छ ।

घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्