अफिसर्स क्लवको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न



सैघाली खबर

दाङ,साउन ३ । अफिसर्स क्लव तुलसीपुर दाङले आज एक कार्यक्रमको आयोजना गरि भखरै सरुवा भएर आउनु भएका क्लवका संरक्षक प्रमुख जिल्ला अधिकारी सहित विभिन्न नव आगन्तुक कार्यालय प्रमुखहरुलाई स्वागत तथा सरुवा भएर जान लाग्नु भएका अन्य क्लवका सदस्यहरुलाई विदाई गरेको छ।यसरी स्वागत गरिनेहरुमा उच्च अदालत तुलसीपुरका न्यान्यधिश तथा क्लवका संरक्षक शुर्दशन देव भट्ट, प्रमुख जिल्ला अधिकारी तथा क्लवका संरक्षक गजेन्द्रबहादुर श्रेष्ठ, उच्च अदालत तुलसीपुरका रजिष्ट्रार अच्युत कुईकेल, सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रमुख जगदिश जोशी, इलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा अधिकृत निमबहादुर ओली र मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश बहादुर खडका लगाएतका लाई स्वागत गरिएको छ ।उहाँहरुलाई क्लवका मुख्य संरक्षक एवम उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश बम कुमार श्रेष्ठ र क्लवका कार्यवाहक अध्यक्ष अच्युत प्रसाद दाहालले खादा, पुष्प गुच्छा र क्लवको सदस्यता प्रदान गरी स्वागत गर्नु भएको हो।

भने क्लवका सल्लाकार तथा भखैरै पद उन्नती भई जानलाग्नु भएका राप्ती अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक ज्ञान विक्रम शाह, सेवाबाट निबृत हुनु भएका क्लवका सदस्य द्दय डा मुरली मनोहर रौनियार र शुवास गौतमलाई विदाई मायाको चिनो पुष्पगुच्छा प्रदान गरेर विदाई गरिएको छ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्लवका मुख्य संरक्षक तथा उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश बम कुमार श्रेष्ठले राष्टसेवक कर्मचारीहरुको सरुवा, बढुवा नियमित प्रकृया रहेको र जहाँ गएपनि नागरिकहरुलाई छिटो, छरितो , न्यायोजित सेवा प्रबाह गर्नु पर्ने बताउनु भयो। उहाँले राष्टसेवक कर्मचारीहरुले कार्यालय समय पछि बचेको केहि समय रचनात्मक काममा लगाउन सके पछि त्यसबाट पनि समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो।सोहि अबसरमा बोल्दै क्लवका संरक्षक एवम प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले गुनासो रहित प्रशासन गराउन उपस्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भयो ।उहाँले सबै कार्यालय प्रमुखहरुको साथ र सहयोगबाट आफुले काम गर्न बताउदै चुस्त दरुस्त सेवा प्रबाह गर्न कुनै कसरबाकी नराख्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भयो ।उहाँले सुरक्षा चुनौतीलाई सामना गदै चुस्त, प्रभावकारी सुरक्षा दिन सुरक्षा निकाय तयार रहेको समेत बताउनु भयो।सो अबसरमा विदाई भएर जानलाग्नु भएका राप्ती अञ्चल प्रहरी प्रमुख ज्ञान विक्रम शाह, क्लवका महासचिब नारायणी रजौरे लगाएतकाले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम क्लवका कार्यबाह अध्यक्ष अच्युत दाहालको अध्यक्षता मा भएको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्