सर्वोच्चको आदेशपछि नेसंबिका शाखाहरु दाङमा स्थापना हुने बाटो खुल्ला



दिपक बोहरा, तुलसीपुर, १९ भदौ ।

नेपाल संस्कृत विश्वबिद्यालय अन्तरगत काठमडौंबाट सञ्चालन भईरहेका शाखाहरु केन्द्रीय कार्यालय दाङबाटै सञ्चालन गर्न सर्वोच्च अदालतले बाटो खुल्ला गरिदिएको छ । सर्वोच्च अदालतले संस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय दाङबाटै सञ्चालन गर्न विश्वबिद्यालय प्रशासनलाई आदेश दिएको हो । न्यायधीश हरिकृष्ण कार्की र आनन्द मोहन भट्टराईको संयुक्त ईजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने भनी फैसला गरेको छ । यस अघि विश्वबिद्यलयको कुलपति तथा प्रधानमन्त्री कार्यालय, सहकुलपति तथा शिक्षा मन्त्रालयले ति शाखाहरु केन्द्रीय कार्यालय दाङमा स्तान्तरण गर्न निर्देशन दिएको थियो । तर अदालतले ति कार्यालयहरु तत्काल दाङ नसार्न आदेश दिएको थियो ।

टीकाराम न्यौपाने,नवराज कट्टेल, केशव कोइराला, भवानीशंकर अधिकारीलगायतले निवेदन पेश गरेपछि तत्काल दाङ नसार्न आदेश दिएको थियो । तर सोमबार उनीहरुको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वयको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएर विश्वविद्यालयका कुलपति प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त निर्देशनबमोजिम काम गर्न विश्वविद्यालयलाई बाटो खोलिदिएको छ । उक्त मुद्दामा केही दिनअघि जारी भएको अन्तरिम आदेशले निरन्तरता पाएको भए काठमाडौंको अनुसन्धान केन्द्र दाङ ल्याउन सम्भव थिएन् । रिट निवेदकहरूले नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री, शिक्षाध्यक्ष प्रा.रमेशप्रसाद ढकाल, कुलसचिव प्रा.कार्तिकेय झा र विश्वविद्यालय अनुदान आयोग लगायतलाई विपक्षी बनाएका थिए । बहसमा शिक्षाध्यक्षका तर्फबाट अधिवक्ताद्वय रमेश बडाल र भोजराज आचार्य, कुलसचिवका तर्फबाट अधिवक्ता अर्जुन कँडेललगायतले बहस पैरवी गरेका थिए । उनीहरुले आफ्नो बहसका क्रममा नेसंवि अनुसन्धान केन्द्रलाई दाङ लैजाने विषय विश्वविद्यालयको प्रशासनिक र व्यवस्थापकीय निर्णय भएको र यसले रिट निवेदकहरूले भनेजस्तो कसैलाई अपूरणीय क्षति हुने कुनै परिस्थिति नरहेको स्पस्ट पारेका थिए । साथै दाङमा अध्ययन अनुसन्धानका लागि प्रशस्त सम्भावना रहेको कुरा स्पष्ट पारेका थिए । यो संगै ति शाखाहरुको सबै सम्पति विश्वविद्यालय केन्द्रीय कार्यालयको नाममा आएको छ । विश्वबिद्यालय अन्तरगतका ती शाखाहरु दाङल्याउन बिभिन्न बिद्यार्थीसंगठन, कर्मचारी तथा दाङबासीले बिभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।

यसरी काठमाडौंमै सिमति थिए शाखाहरु

२०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालय दाङको बेलझुण्डीमा सञ्चालन भयो । त्यतिबेला यातायाता, सञ्चारको पहुँच अहिले जस्तो थिएन् । यातायात र सञ्चारको पहुँच नभएपछि काठमडांैमा रहेका कुलपति, सह–कुलपतिलगायत सम्बन्धित अन्य निकायसंग समन्वय तथा सम्पर्क गर्न काठमाडौंमा बिभिन्न चारवटा शाखाहरु सञ्चालनमा ल्याईयो । विश्वविद्यालय अन्तरगत सम्पर्क कार्यालय, अनुसन्धान केन्द्र, परीक्षा शाखा र राष्ट्रिय अनुसन्धान केन्द्र काठमाडौंबाट सञ्चालनमा ल्याइयो । तर समय परिबर्तन हुँदै गयो । बिज्ञान, प्रबिधि, यातायातको बिकास भयो । एक मिनेटमै विश्व थाहापाउन सक्ने अबस्था शिर्जन भयो । त्यसपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङबाटै ति शाखाहरु सञ्चालन गर्दा उपयुक्त हुने आवाज उठ्न थाल्यो । सोही अनुसार मन्त्रीपरिषदको बैठकले समेत ति शाखाहरु दाङमा स्थापन गर्ने निर्णय ग¥यो । तर केही सिमिति ब्यक्तिहरुले ति शाखाहरु केन्द्रीय कार्यालय दाङमा ल्याउन नदिने रणनीति शुरु गरेपछि दाङ ल्याउन चुनौति थपिएको शिक्षा अध्यक्ष रमेश प्रशाद ढकालले बताए । उनका अनुसार विश्वबिद्यालयलाई समाप्त पार्ने खेल भयो, क्षेत्रीयताको नारा लगाउन थालियो यसले गर्दा ति शाखाहरु दाङ ल्याउन समस्या भएको थियो । दाङ ल्याउने कानूनी बाटाहरु खुल्ला भएपनि काठमडौंलाई मीनि विश्वविद्यालय बताउँदै आएका केही सिमित ब्यक्तिहरुले दाङल्याउन रोकेको विश्वबिद्यालय कर्मचारी संघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष बिनय कुमार पोख्रेलले बताए । विश्वविद्यालयलाई कमाई खाने भाँडो बनाउन थालेको उनले बताए । ‘काठमाडौंकै शाखाहरुमा दुईसय भन्दा बढि कर्मचारी भर्ति गरियो’ उनले भने‘जहाँ ३०÷३५ जना कर्मचारी भए पुग्थ्यो ।’

तीन वटा शाखा ल्याईयो, अनुसन्धान केन्द्र ल्याईदै

चारवटा शाखामध्ये अनुसन्धान केन्द्र बाहेक अन्य शाखाहरु दाङ ल्याई सकिएको थियो । यही जेठ १० गते मन्त्रीपरिषदको बैठकले काठमडौंबाट सञ्चालित ति शाखाहरु केन्द्रीय कार्यालय दाङबाट सञ्चालन गर्ने भनि निर्णय गरेको थियो । सोही अनुसार कुलपति र सह–कुलपतिले विश्वविद्यालयलाई ति शाखाहरु दाङ स्थानतरण गर्न निर्देशन दिईसकेका थिए । सोही अनुसार सम्पर्क कार्यालय र परीक्षा शाखालाई असार अन्तिम तिर दाङल्याईएको थियो, भने राष्ट्रिय सांस्कृतिक केन्द्रलाई पनि दुई÷तीन दिन अघि दाङल्याईएको थियो । सर्वोच्चको आदेश अनुसार अबको केही समयमा अनुसन्धान केन्द्र दाङल्याउने तयारी अध्यक्ष पोख्रेलले बताए ।

दाङ अनुसन्धानको केन्द्र बन्ने छ ः शिक्षाध्यक्ष

ति शाखाहरु आए दाङ अनुसन्धानको केन्द्र बन्ने विश्वबिद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताए । देशभरिबाट अनुसन्धानमा बिद्याबारिधी गर्न दाङ आउने छन् । ति शाखाहरु दाङ आए आम्दानी पनि बढ्ने उनको भनाई थियो । ‘यो काठमाडौंका शाखाहरु दाङ ल्याउने निर्णय भयो’ उनले भने‘यसले दाङबासीका लागि आम्दानीपनि बढ्ने छ ।’ उनले अबको एक हप्तामै सबै शाखाहरु दाङमा स्थापन गरिसक्ने बताए । अनुसन्धान केन्द्र बाहेक अन्य शाखाका सामानहरु दाङ आईसकेको बताए । अनुसन्धान केन्द्रको सामान आएसंगै शाखा स्थापन हुने उनले बताए । त्यसका लागि भवनको समेत जोहो गरिसकेको उनको भनाई थियो ।

शाखा दाङ ल्याउन पटक पटक ध्यानाकर्षण

विश्वविद्यालयका ति शाखाहरु दाङ ल्याउन माग गर्दै बिभिन्न विद्यार्थीसंगठनहरुले पटक पटक ज्ञापन पत्र बुझाउँदै आएको बिद्यार्थी नेता विरबल खड्काले बताए । ‘विश्वबिद्यालयका शाखाहरु केन्द्रीय कार्यालय दाङ ल्याउन पटक पटक ज्ञापनपत्र बुझाउनेलगायत बिभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका थियौं’ उनले भने‘ सर्वोच्चको आदेशले कार्यालय दाङ ल्याउने बाटो फराकिलो भएको छ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्