घुस सहित नापी कार्यालयका कर्मचारी पक्राउ



जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकमसहित एक जनालाई पक्राउ गरेको छ। धनुषाको नापी कार्यालयमा एकजना सेवाग्राहीसँग काम गराइदिन्छु भन्दै १५ हजार घुस मागेका एक कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालय बर्दिबासका खटिएको टोलीले धनुषा नापी कार्यालयका जञ्जीरदार पदमा कार्यरत यादवलाई १५ हजार घुससहित पक्राउ गरेको हो। गाउँ ब्लकको जग्गा पासको नाममा जञ्जिरदार यादवले सेवाग्राहीको गाउँमै गई १५ हजार घुस लिर्दै गर्दाको अवस्थामा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। पक्राउ गरिएका यादवलाई थप अनुसन्धानका लागि प्रादेशिक कार्यालय बर्दिबास लगिएको जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्