जीप र मोटरसाईकल ठोकिदा बालिकाको मृत्यु



 

दाङ ३ साउन । दाङको शान्तिनगरमा जीप र मोटरसाईकल ठोकिदा एक बालिकाको मृत्यु भएको छ ।दाङको पश्चिमवाट तुलसीपुर आउँदै गरेको भे १ च ५२६४ नं.को जीप र तुलसीपुरवाट पश्चिम तर्फ जाँदै गरेको बा ३६ प १८६० नं मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाकी ८ वर्षिय वालिका प्रतिक्षा विक को घटनास्थलमै मृत्य भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मोटरसाईकल चालक प्रतिक्षाका बुवा लिला बिकलाई भने सामान्य चोट पटक लागेको ईलाका प्रहरी कार्यालयका हवलदार राजेन्द्र गिरीले बताउनुभयो । ठक्कर दिने जिपलाई प्रहरीले नियणत्रणमा लिएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पोष्टमार्टम गर पछि शब परिवारलाई बुझाईएको हवलदार गिरीले बतानुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्