घोराही उप–महानगर द्धारा एक साता भित्र मासु बजार सुधार्न निर्देशन



दाङ १९ भदौ घोराही उपमहानगरपालिकाले खसी तथा रांगा बध स्थल र मासु बजारको अनुगमन गरेको छ । नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको नेतृत्वमा मंगलबार वडा नम्बर १४ र १८ मा रहेका बधशाला तथा मासु पसलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा रांगाको बध स्थल बाताबरण मैत्री नभएको पाईएपछि तत्काल सुधार्न टोलीले निर्देशन दिएको छ । त्यसैगरी रांगाको मासु बजारमा व्यवसायीले उपमहानगरपालिकामा गरेका सहमतीहरु कार्यान्वयन नगरेको भन्दै एक साता भित्र मासु बजारलाई सुधार्न निर्देशन दिएको छ ।

 

मासुहरु बाहिरै झुण्ड्याएर राखिएको, खिया लागेका अंकुशमा राखिएको, फ्रिजमा नराखिएको पाईएपछि तत्काल सहमति अनुसार सुधार्न निर्देशन दिएको हो । साथै पसल दर्ताका सबै प्रकृयाहरु पुरा गर्न पनि निर्देशन दिएको र अर्को पटक अनुगमनका क्रममा पनि अटेरी गरेको पाईए कानुन अनुसार कार्वाही गर्ने टोलीले चेतावनी दिएको छ । अनुगमनमा उपप्रमुख न्यौपाने सहित वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १८ का अध्यक्ष भरत अर्याल, घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवतबहादुर बुढाथोकी, दाङ जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष बसन्त जोशी, पशु विकास शाखाका प्रमुख निमबहादुर पुन, वडा सदस्यहरु लछुमन बुढा र नैनाकुमारी चौधरी, वडा प्रहरी सहितको टोली रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्