तीन सयमा सञ्जेलको भाइरल विवाह, पाहुनालाई विदा गरी फेरि जग्गेमा



१८ भदौ । तीन सय रुपैयाँमा विवाह गरेको भनेर सोमबार दिनभर चर्चामा आईरहेका सञ्जेलको अन्ततः अर्को कर्तुत खुलेको छ । सस्तोमै विहेको गरेको सस्तो चर्चा सेलाउन नपाउँदै अर्को चर्चा थपिएको छ ।सस्तो विवाहमा सहभागी पाहुनालाई विदा गरी उनी फेरि जग्गेमा कसिए । आफ्ना विशिष्ट मानिएका पाहुनालाई विदाई गरी उनी पुरानै परम्पराको भड्किलो विवाहमा जोसिएको तस्वीर फेरि सर्वत्र भाईरल भएको छ ।

 

४१ वर्षको उमेर वैवाहिक बन्धनमा बाँधिएका सञ्जेललाई उदाहरणीय काम गरेको भन्दै धेरैले बधाइ समेत दिएका थिए । तर सायद त्यो धेरै टिकेन । पशुपति क्षेत्रको गुहेश्वरीमा विवाह समारोहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरु समेत पुग्न भ्याएका थिए ।दुलाहा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएको देखिएको थियो । सञ्जेलका अनुसार २ सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेर तीन सयमा विवाह सकिएको थियो ।

तर पछिको तस्वीरमा पुरोहित सहितको जग्गेबाट धुमधामले गरिएको विहेको चित्र सार्वजनिक भएको छ । पछि उनी आफैंले सो कुरा स्वीकार गर्दै संस्कृतिलाई मिच्न नसकिने बताएका छन् । सोमबार नै तीन सय रुपैयाँमा भएको विवाह–तस्वीर

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्