मोहीमाग गर्दै एक बर्षमा सात हजार निवेदन



घोराही, १९ साउन । हाल कैलाली जिल्ला घर भै पुरानो घर घोराही ६ रावत गाउँ बताउने चल्तुराम थारुले ५६ जना विरुद्ध मोही हक सहितको निवेदन जिल्ला भुमिसुधार कार्यालयमा गत भदौको पहिलो साता बुझाए । आप्mनो बाबु/बाजेले जोतभोग गरेको रावत गाउँको ५ विगाहा जग्गाको मोही पाउनुपर्ने उनको माग छ ।

उनको बाबु÷बाजेले जोतेको भनिएको उक्त जग्गामा अहिले ५६ परिवारको नाममा नामसारी भैसकेको छ । सोही कारण उनले यती धेरै व्यक्तिको विरुद्धमा मुद्धा दिएका हुन । उनले ती व्यक्तहरुसँग जग्गाको आधा भाग वा जग्गाको मुल्य बरावरको रकम माग गरेका छन ।

बर्दिया मैनापोखरीका लालबहादुर थारुले पनि घोराहीका ४० जना व्यक्ति विरुद्ध मुद्धा दर्ता गरेका छन । उनले पनि ती व्यक्तिको नाममा रहेको जग्गामा आफनो मोही रहेको निवेदनमा उल्लेख गरेका छन । बर्दिया कै नरबहादर थारुले पनि दाङको भुमि सुधार कार्यालयमा ४६ जना विरुद्ध निवेदन दिएका छन । उनको पनि ती व्यक्तिले प्रयोग गर्ने जग्गामा आफनो मोही रहेको हुदाँ उक्त जग्गाको आधा भाग नामसारी गरिपाउँ भन्दै निवेदन दिएका छन ।

 

 


निवेदन दिनेमा अधिकासं जोतभोग गर्नेका छोरा नाति छन । भने निवेदनमा धेरै जसोको प्रमाण नै पुगेको हुदैन । उनीहरुको मोही भनिएको जग्गाहरु धेरैजसो प्लटीङ भएर हाल घडेरी बनाएर घर समेत बनिसकेका छन । पछिल्लो समय दाङका अधिकासं भाग शहरीकरणमा परिणत हुनु र जग्गाको भाउ ह्वात्तै बढ्नुले मोही कायम गरिपाउ भन्नेहरु पनि बढी रहेका छन । २०५८ सालमा दाङमा तत्कालिन माओवादीले आक्रमण गरि मालपोतको सबै कागजपत्र जलाएसँगै जग्गामा मोही रहे नरहेको तथ्य समेत नष्ट भैसकेको छ । जसको कारण मोही दाविको मुद्धा मिलाउन समेत जिल्ला भुमिसुधार कार्यालयलाई निकै कष्ठ परिरहेको छ ।

भुमिसुधार ऐन २०२१ लागु भएसँगै नेपालका तराइ भेगका अधिकासं किसानहरुले आफुले जोतभोग गरेको जग्गामा मोही कायम गरे । कतिले जग्गा पाए । कतिले पैसा र मिलोमतो मै चित्त बुझाए । भने कति किसान मरेर गए । सरकारले भुमिसुधार ऐनलाई २०६६सम्म आइपुग्दा दशौ पटक संशोधन गरिसकेको छ । तर अझैसम्म मोहीयानी हकलाई ऐनबाट हटाउन सकेको छैन । जग्गामा मोही सहितको दोहोरो स्वामित्व हटाउन नसक्दा अझै पनि मोहीको समस्या दाङ सहित तराई भेगमा एउटा समाधान गर्ने नसक्ने विषय बनेको छ । जग्गाको दोहोरो स्वामित्व कै कारण सरकारी विद्यालय, विश्वविद्यालय, मन्दिर, गुठी, स्वर्गद्धारी आश्रम र पहिले नै मरेर गैसकेका व्यक्तिको छोरानातीको विरुद्धमा मोहीयानी हकको निवेदन पर्ने क्रम रोकिएको छैन ।

दाङमा गत बर्ष मात्र करिव सात हजार व्यक्तिले जोतभोग गरेको मोही जग्गा पाउन भन्दै जिल्ला भुमिसुधार कार्यालयमा निवेदन दर्ता गरेका छन । भुमिसुधार कार्यालय दाङमा गत आर्थिक बर्ष २०७४।७५मा मात्रै करिव सात हजार किसानले आफुले जोतभोग गरेको जग्गाको मोहीयानी हक दावि गर्दै निवेदन दिएका हुन । भुमिसुधार कार्यालय दाङका नायब सुब्बा गंगाराम पौडेलका अनुसार विगत एक बर्षमा कार्यालयमा ६ हजार ९ सय १ निवेदन पेस भएका छन । गत आर्थिक देखि गत असारसम्म ४ हजार ९ सय ९ व्यक्तिले मोही दावि सहितको निवेदन कार्यालयमा पेस गरेका छन । भने गत साउन र भदौ महिनामा मात्रै करिव १९सय ८३ जनाले कार्यालयमा निवेदन दिएका छन । जसमा गत एक बर्षमा ११ सय २४ निवेदन फच्यौट भैसकेको छ । भने अरुसबै निवेदन बाकी छन ।

जिल्ला भुमिसुधार कार्यालय दाङका मोहीफाँट प्रमुख खिमानन्द पन्थी निवेदन दिनेहरु अधिकासं वहकाउमा आएको बताउछन । ‘आफुले पाउनुपर्ने जग्गा कुन ठाउँको हो, कहाँ छ भन्नेसम्म निवेदकलाई थाहा छैन ।’ उनले भने ‘भुमिसुधारमा निवेदन दिन वकिलको जरुरी पर्दैन तर धेरै जसो व्यक्ति वकिलको साथमा आएका हुन्छ ।’ आफनो मोही कायम गरिएको जग्गा बजार क्षेत्र भित्र पर्नेहरु त झन वकिललाई पैसा खुवाएर भए पनि मुद्धा जित्ने दाउमा हुन्छन । जसले गर्दा बास्तविक किसान, खेतबारीमा पसिना बगाएका भन्दा विचौलियाको कमाउ धन्दा बनेको उनको भनाई छ । निवेदकले मोही दावि गर्दा जग्गाको हालसालै चलिआएको मुल्य वा जग्गाको आधा हिस्सा माग गर्दै आएको उनले बताए । तर निवेदन दिनेहरु बास्तविक किसान र जग्गा जोत भोग गरेकाहरु निकै थोरै छन भने बाबुबाजेले जोतेको भन्दै ठाउँठाउँको जग्गामा आफनो हक दावि गर्नेहरु धेरै भएको कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्