मुख्य समाचार

भारतको प्रस्ताव नेपालद्वारा ठाडै अस्वीकार

By थाहा अनलाइन

July 19, 2017

सैघाली खबर काठमाडौं, ४ साउन ।

 

दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो । यसअघि दक्षिण एसियाली सहयोग संगठन ९सार्क सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो ।