प्रेस अभिव्यक्ति कुन्ठित हुँदैन सभामुख घर्ती



काठमाण्डौ २० भदौ । वुटवल –पाँच नम्वर प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशमा कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुन नदिने बताउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको रक्षाका लागि लामो संघर्ष भएको र यसले नै लोकतन्त्रलाई बलियो बनाउने उहाँको धारणा थियो । मंगलवार वुटवलमा बुद्ध सामुदायिक टेलिभिजनको ११ औ बार्षिक उत्सवको अवसरमा आयोजित ‘नयाँ संहिता, संचार र संशय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा वताउनुभएको हो ।


नेपालमा गणतन्त्र, संघीयता र संविधान सभावाट संविधान निर्माण गर्न ठूलो वलिदानी, त्याग भएको भन्दै उहाँले यसलाई कार्यन्वयन गर्न बन्ने कानूनहरुको सवैले स्वागत गर्नु पर्ने पनि बताउनुभयो । वर्तमान सरकार बहुमत प्राप्त भएको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घर्तीले कहि कतै जनताको स्वतन्त्रता, न्याए र समानतामा असर गर्ने कानूनी प्राव्धन भए संशोधन गर्नु पर्ने पनि धारणा राख्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्