आर्थिक

सगरमाथा सिमेन्ट गुणस्तयुक्त रहेको विभागको ठहर

By थाहा अनलाइन

September 05, 2018

दाङ,२० भदौ । घोराही सिमेन्टबाट उत्पादित सगरमाथा सिमेन्ट गुणस्तयुक्त रहेको प्रमाणित भएको छ ।गुणस्तर नापतौल विभागले मापदण्ड अनुकुल रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । । विभागले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र पठाएर घोराही सिमेन्टको उत्पादन मापदण्ड अनुसार रहेको र प्रयोगका लागि योग्य रहेको भनेको ठहर गरेको हो ।

विभागले दिाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई पत्र पठाउँदै यस्तो जानकारी दिएको हो ।संचार माध्यममा सगरमाथा सिमेन्ट गुणस्तरहिन भएको समाचार प्रकाशित प्रसारित भएपछि प्रमख जिल्ला अधिकारीले सिमेन्टको ल्याव परिक्षणका लागि विभागमा पठाउँन उद्योगललाई पत्राचार गर्नु भएको थियो ।त्पादित सिमेन्टको नमुना परीक्षण काठमान्डौमा भएको र परीक्षण गर्दा मापदण्ड अनुसार पाइएको भन्दै यस वारेमा विभागले दाङ प्रशासनलाई पत्र पठाएर जानकारी दिएको प्रजिअ श्रेष्ठले बताउनु भयो ।