अभिमत

प्राबिधिक तथा व्यवसायीक शिक्षा ले जीवनभरी खान पुग्छ -बसन्त श्रेष्ठ (With Video)

By थाहा अनलाइन

September 05, 2018

बिष्णुकुमार देवकोटा दाङ भदौ २०

मिड वेष्टर्न टेक्निकल तथा भोकेसनल ट्रेनिङ्ग सेन्टर घोराहीका अध्यक्ष बसन्त श्रेष्ठले बेरोजगार हटाउन स्वरोज गार बन्नका लागि प्राबिधिक तथा व्यवसायीक शिक्षा अपरिहार्य रहेको बताउनुभएको छ । ट्रेनिङ्ग सेन्टरको आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुराकानी गर्दे श्रेष्ठले यस्तो बताउनुभएको हो । “ प्राबिधिक तथा व्यवसायीक शिक्षा ले जीवनभरी खान पुग्छ” श्रेष्ठले भन्नुभयो । आफु पनि मास्टर्स डिग्रि होल्डर रहेको बताउँदै सैद्धान्तिक शिक्षाले जीवन निर्वाह गर्न गाह्रो हुने भन्दै शिक्षित व्यक्तिहरुले पनि व्यवसायीक तथा प्राबिधिक तालिम लिई स्वरोजगार हुन आग्रह गर्नुभयो । “यो क्षेत्रमा केही गरौं भनेर लागेका हौ” श्रेष्ठ ले भन्नुभयो । नेपाल सरकार सिटिइभिटी बाट मान्यता प्राप्त सेन्टर ले हाल कम्प्युटर अपरेटर, टेलिकम टेक्निसीयन र बिल्डिङ वायरिङ्ग को कोर्षहरु संचलान गरिरहेको छ ।