आर्थिक

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

By थाहा अनलाइन

September 06, 2018

पेट्रोलमा १, डिजेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि भएको छ।

आयल निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रिवितरण हुने छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले बढाएर १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। निगमको संचालक समितिको आज बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।

पछिल्लो पटक वृद्धि भएको मूल्य बुधबार राती १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।

पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपालरभारतीय मुद्राको अवमुल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेसनबाट १ सेम्टेम्बरमा मूल्य बढेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।