आर्थिक

पद्मोदय क्याम्पसले ग¥यो अक्षकोष स्थापना

By थाहा अनलाइन

September 06, 2018

प्रतिक गोराथोकी सैघाली खबर, दाङ घोराहि उपमहानगरपालिका ६ स्थित माध्यामिक विद्यालय जजरामा एक कार्यक्रमकाबिच अक्षकोषको स्थापना गरिएको छ । पद्यमोदय क्याम्पस शिक्षक विद्यार्थि सम्वनय समिति घोराहि दाङको आयोजनामा उक्त अक्षयकोषको स्थापना गरिएको हो ।

अमर पुन मगरको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा अक्षकोष स्वरुप तीस हजार नगद र चारवटा भलिवल हस्तानान्तरण गरिएको हो ।

पद्यमोदय क्याम्पस शिक्षक विद्यार्थि सम्वनय समिति घोराहिले धारापानि मेलामा गरेको मार्केटिङ बाट प्राप्त भएको नाफाको रकमलाई अक्षकोषको रुपमा स्थापना गरियको हो ।

कार्यक्रमा क्याम्पस प्रमुख निस्चल आचार्य, पद्यमोदय पब्लिक नमुना माद्ययमिक विध्यालयका प्रधानध्यापक डा. कृष्ण बहादुुर डि.सी, घोराहि उपमहानगरपालिका १५ का वडा अध्यक्ष रमेस कुमार पाण्डे, घोराहि उपमहानगरपालिका ६ का वडा अध्यक्ष केसव वि सिलगायतले मन्तब्य राख्नुभएको थियो ।