कालिबुढीले श्रीमति खोज्दिएपनि, जुङ्गा कालो बनाएर केटी खोज्दैछन् चुईचुई पारेर (भिडियो)



सैघाली खबर, २१ साउन ।
उत्तम केसी (चुईचुई) पारेर र सारदा गिरी (कालिबुढी) यतिबेलाका निकै चर्तित र व्यस्त हास्य कलाकार हुनुहुन्छ । बिभिन्न टेलिसिरियल, म्युजिक भिडियो हुदै दर्जनौ चलचित्रमा काम गरिसकेका यि दुई कलाकार अहिलेका निकै व्यस्त हास्य कलाकार भन्दा पनि फरक पर्दैन ।

उत्तम केसी अथार्थ चुईचुई पारेरले अभिनय गरेको पछिल्लो चलचित्र नाई नभन्नु ल पाँच यतिबेला देशैभर प्रदर्शन भईरहेको छ भने सारदा गिरी अर्थात कालिबुढी अभिनित चलचित्र छक्का पञ्जा तीन, जय भोले, निर्जला लगाएतका चलचित्र दशैको अवशर पारेर रिलिजको पर्खाईमा छन् ।

सैघाली खबरसंग रमाईलो कुराकानी गर्दै कलाकार केसीले आफु अझै पनि केटि पट्याउनकैलागि जुङ्गा कालो बनाउने गरेको बताउनुभयो । कालिबुढीलाई दिदी सम्बोधन गर्ने केसीले आफुलाई केटी पनि कालिबुढीले नै खोजिदिएको बताउनुभएको छ । यि दुई कलाकारसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलगि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्