पार्किङमा राखिएको कारभित्र शव भेटियो



काठमाडौं : स्वयम्भू हाइटको पार्किङमा राखिएको एक कारभित्र पुरुषको शव भेटिएको छ। पार्किङमा राखिएको बा८च ७०२१ नम्बरको निजी कारभित्र रगत बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई सूचना गरेका थिए।

स्थानीयको सूचनाका आधारमा गाडीभित्र चेक गर्दा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले जानकारी दिए।

‘बा८च ७०२१ नम्बरको कारको पछाडिको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव भेटिएको हो,’ एसपी जोशीले भने। शव काठमाडौं नैकाप बस्ने ३२ वर्षीय श्याम श्रेष्ठको रहेको र कारसमते उनकै भएको जोशीले बताए।

उनी सोमबारबाट परिवारको सम्पर्कबाहिर रहेको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कारको चाबी, घडी खोलिएको अवस्थामा गाडीभित्रै फेला परेको छ। यसबारे थप अनुसन्धान भइरहेकाले हत्या हो या अन्य कुनै कारण अहिले नै खुल्न नसक्ने प्रहरीको भनाइ छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्