एक वर्षमा पच्चिसवटा गैँडाको मृत्यु



सैघाली खबर

चितवन साउन ४ ।

राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा २५ वटा गैंडा मरेका छन्। निकुञ्जले दिएको जानकारी अनुसार २१ गैंडा प्राकृतिक कारणले मरेका भए पनि ४ गैंडा भने मानवीय कारणले मरेका हुन्। अघिल्लो वर्ष १५ गैंडामात्र मरेका थिए।

‘यो वर्ष अघिल्लो वर्षभन्दा १० बढी गैंडा मरे’, निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारी अनुसारभने, दुईवटा करेण्ट लागेर, एउटा तस्करबाट र एउटा रौतहटमा गोली लागेर ल्याइएको गैंडा मरे।’ अरु २१ गैंडा प्राकृतिक कारणले मरेका छन्। एउटा गैंडा चौधरी ग्रुपले सञ्चालन गरेको मेघौली सेराइ होटलले छाडेको करेण्ट लागेर मरेको थियो।

अर्को गैंडा नवलपरासी गैंडाकोमा करेण्ट लागेर मरेको निकुञ्जले जनाएको छ। अर्को एउटा पश्चिम चितवनको जगतपुरमा शून्य चोरी शिकार वर्षको १ हजार ७१ दिनपछि गएको चैतमा तस्करबाट गैंडा मारिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

एउटा गैंडा बच्चा जन्माउन नसकेर, तथा अन्य गैंडाहरु बुढो भएर, जुधेर, अन्य गैंडाले हानेर, लडेर मरेको पाइएको छ। दुई गैंडा जिल्ला वन कार्यालय क्षेत्रमा र अरु सबै चितवन निकुञ्ज र मध्यवर्तीमा क्षेत्रमा मरेका जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्