असहाय वाल विकासद्धारा निःशुल्क स्वास्थ्य शिविर



 

तुलसीपुर, २१ भदौ ।

 

शाहारा विहिन भएका बालबालिकाहरुलाई पालनपोषण गर्दै आएको असहाय वाल विकास नेपाल दाङले निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । उक्त संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा निशुल्क स्वास्थ शिविर तथा औषधि वितरण हुने गर्ने जनाएको छ । गरिब तथा बिपन्न समुदायमा स्वास्थ्यको पहुँच पु¥याउन स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष बिष्णु चौधरीले बताए । यही भाद्र २३ गते शनिवार लक्ष्मीपुर स्थित लक्ष्मीपुर आधारभूत बिद्यालयमा शिविर हुने छ ।

शिविरमा हाडजोर्नी, वाथरोग, पेटरोग,पाचन सम्बन्धी रोगहरु,पाइल्स, फिस्टुला, पिनास,नशा सम्बन्धी,महिला सम्बन्धी लगायतका रोगहरुको पन्ध्र भन्दा बढी बिसेषज्ञ डाक्टरहरुद्वारा परीक्षण गरिने छ ।

शिविर विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने छ । यस अघि पनि उक्त संस्थाले स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त संस्थामा अहिले शाहारा बिहिन बनेका २० जना बालबालिकाले शाहारा लिईरहेका छन् ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्