दाङ, २२ भाद्र । फेसबुक दुरुपयोग गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अर्काको नामबाट फेसबुक एकाउन्ट बनाएर तथानाम कुरा गर्ने एक ब्यक्तिलाई तुलसीपुरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका ९ निवासी टोपेन्द्र वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार वलीले दिपेन्द्र डिसी र एकता डाँगीको नामबाट फेसबुक एकाउन्ट खोली उनीहरुको चरित्र हत्या गरेका थिए ।
किङ्ग जङ्ग वली फेसबुक आईडि मार्फत उनले सार्वजनीक गरेको पीडितको भनाई छ । आफ्नो नामबाट फेक एकाउन्ट बनाएपछि पडीत डिसीले साउन १५ गते अपराध अनुसन्धान महाशाखामा साईवर अपराध शाखामा उजुरी दिएका थिए ।
सोही उजुरीलाई आधार बनाएर ईलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरी वलीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । वलीलाई तुलसीपुर बसपार्क नजिकवाट वलीलाई बिहीबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।