कमल गाउँको खाडीमा पैसा फल्ने रुख रैनछ



शंकर के सी,
सल्यान, ४ साउन । पछिल्लो समय सल्यानमा पनि लोक गित क्षेत्रमा लाग्नेहरुको संख्या थपिदै गएको छ । गित लेख्ने, लय बनाउने देखि गाउने काममा विशेष गरि सल्यानका युवायुवतीहरुको आकर्षण देखिएको छ ।

कतिपयले आफ्नो रहर पुरा गर्नका लागी त कतिपय संगीत क्षेत्रमै टिक्ने भनेर यो क्षेत्रमा लागेको पाइएको छ । यहि मेसोमा तीजको अवसर पारि धेरैले गीतहरु बजारमा ल्याएको छन् ।

सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीका प्रेम महताराले पनि खाडिमा बसेर परिश्रम पोख्नेहरुको पिडालाइ ठट्यौली तरिकामा प्रस्तुत गरिएको जीत गित खाडिको कमाइ बजारमा ल्याएका छन् ।

उमंग म्युजिक प्रालि मार्फत प्रेम महतारा, टंक महतारा र हेमराज बुढाथोकीले संयुक्त रुपमा यो तीज निर्माण गरेका हुन् । यस गितमा स्वर चर्चीत गायक खुमन अधिकारि र सन्ध्या बुढाको छ ।

लय र शव्द भने सल्यान मुलपानीकै लकेट सेन ठकुरिले तयार गरेका हुन् । यो गीतको भिडियो पनि युट्युवमा दर्शकहरुले रुचाएको मान्न सकिन्छ ।

खास गरि घरमा रहेकी श्रीमती तथा छोराछोरीले विलासि वस्तुहरुको माग गर्दा विदेशमा पैसा रुखमा नफल्ने भएकाले औकात भन्दा माथीका मागहरु नराख्न चर्चीत हाँस्य कलाकार कमल गाउँलेले गितमा अभिनय मार्फत आग्रह गरेका छन् । गाउँलेलाइ भिडियोमा चर्चीत हाँस्यकलाकार पल्पसा डंगोल र हेमराज बुढाले साथ दिएका छन् ।

भिडियोको निर्देशन कपिल लामा, छायांकन हरिश महतारा र सम्पादन सुजन शाहिले गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्