सभामुख महरा पाँच दिने भ्रमणका लागि चीन प्रस्थान



काठमाडौं : चीनको ल्हासामा हुने विभिन्न कार्यक्रममा भाग लिन सभामुख कृष्णबहादुर महरा चीन प्रस्थान गरेका छन्। सभामुख महरा शुक्रबार साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पाँचदिने भ्रमणका लागि चीन प्रस्थान गरेका हुन्। ल्हासा भ्रमणका क्रममा सभामुख महरा कल्चरल एक्स्पो, ट्रान्स-हिमालयन वेल्ट एण्ड रोड इन्टरनेशनल फोरममा सहभागी हुने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए। चीन भ्रमणकै क्रममा ल्हासामा रहेको नेपालको वाणिज्यदूतावास र रसुवागढी र तातोपानीको मितेरी पुलको पनि शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ। विभिन्न दलका सांसद र पत्रकारसहित सभामुख महराले नेतृत्व गरेको टोलीमा १० जना सदस्य रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्