बिम्स्टेक शिखर सम्मेलनमा भारतको सैन्य अभ्यास प्रस्ताव मानेनौँ -परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं : परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले बिम्स्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय नभएको स्पष्ट बताएका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले बिम्स्टेक शिखर सम्मेलनमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेपनि त्यस सम्बन्धमा कुनै पनि निर्णय नगरिएको स्पष्टिकरण दिएका हुन्।

शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समितिका सदस्यहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन नेपाल प्रतिवद्ध रहेको पनि बताए।

उनले सार्कलाई बिम्स्टेकको विकल्पका रुपमा लिन नहुने मान्यतामा सरकार दृढ रहेको पनि स्पष्ट पारे। परराष्ट्रमन्त्री ज्ञवालीले बिम्स्टेक शिखर सम्मेलनमार्फत नेपालले कनेक्टिभिटी, व्यापार र लगानीलाई मुख्य जोड दिएको पनि समितिलाई जानकारी दिए।

उनले बिम्स्टेक शिखर सम्मेलनको १८ बुँदे काठमाडौँ घोषणापत्र कार्यान्वयन गर्नका लागि छिट्टै सदस्य राष्ट्रहरूबीच श्रीलंकामा बैठक बस्ने तयारी भइरहेको पनि जानकारी दिए। बैठकमा समितिका सदस्य डा. नारायण खड्काले बिम्स्टेक शिखर सम्मेलनलाई सार्कको विकल्पको रूपमा लिने गल्ती नगर्न मन्त्री ज्ञवालीको गम्भीर ध्यानाकर्षण गराएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्